डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी,पाँच घर जलेर नष्ट

काठमाडौँ । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

शुक्रवार बेलुका ७ः०० बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिनुभयो ।  “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरू घर पनि धेरै जलेका छन्”, उहाँले भन्नुभयो । 

छिमेकी जिल्ला तेह्रथुमको लालीगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको खड्काले जानकारी दिनुभयो । 

बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आइरहेको उहाँले जानकारी दिनुभयो ।

थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ०६ बजे