राष्ट्रपति भवनमा घटस्थापना

क्याफ्स कर्णाली परियोजना हस्तान्तरण

जुम्ला – जुम्लामा सञ्चालित (क्याफ्स कर्णाली) परियोजना  स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना कार्यअवधि सकिएपछि  सम्बन्धी स्थानीयतहमा  हस्तान्तरण गरिएको हो ।

नुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साँझेदारीमा पेस नेपाल जुम्लाले निर्माण भएका आयोजना सकिएको छ  । 

२६ करोड ६९ लाख ७६ हजार ३ सय १८ रुपैयाँ ४८ पैसामा निर्माण भएका आयोजना स्थानीय तह हिमा, तिला र तातोपानी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । 

जिविकोपार्जनका साधान तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापनमार्फत उच्चपहाडी हिमाली जिल्लाका जलवायु संकतासन्न, खाद्य असुरक्षित र गरिव घरपरिवारकोअनुकूलन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको  पेस नेपालका कर्याकारी अध्यक्ष किशोर न्यौपानेले बताए। उनका अनुसार नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) सन् २०१८ अक्ट्बरदेखि सञ्चालन गरिएको थियो  । परियोजना अवधि ४ वर्षको हो । उनले भने,”अक्टुबर २०२२ मा ४ बर्षे परियोजना सम्पन्न भएपनि निर्माण भएका सवै आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

१३८ हेक्टर जमीन सिचाई हुने नहर (कुलो) निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १२५ विरुवाको व्यवसायिक फलफुल खेती र ८ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ । यस्तै ३८३ जना कृषकको बाली तथा पशु बीमाको लागि सहयोग, एक वटा लिफ्ट सिचाईबाट ३२ हेक्टर जमीन सिँचाई भएको पेस नेपाल जुम्लाले जनाएको छ । 

९ वटा सुधारिएको पानी घट्ट निर्माण भएका छन् । ४० हेक्टर जमीन सिँचाई हुने ७ वटा पानी संकलन पोखरी निर्माण, १ वटा लद्युजलविद्युत आयोजना निर्माण, ५ वटा रष्टिक स्टोर तथा संकलन केन्द्र भवन निर्माण गरिएको छ ।

४७८ घरधुरीका लागि ४ वटा खाने पानी आयोजना निर्माण, ८ वटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घरबगैचा स्थापनाका लागि १ हजार ७२२ घरधुरीलाई ५२ हजार ५७१ फलफुलको विरुवा सहयोग गरिएको जनाएको छ ।

४ वर्षे परियोजना बाट १७ हजार ५१६ लाभान्वित जनसंख्या रहेको छ । १२ हजार ७ सय जनालाई जनलवायु परिवर्तन अनुकूलन सम्वन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजन कृष्ण शाहीले बताए । ३ हजार ७३८ कृषकलाई प्राविधिक सहयोग भएको छ । उनले भने ४८ वटा सामुदायिक पुर्वाधार निर्माण गर्दा ज्यालाका

रुपमा ८ करोड १० लाख ४६ हजार ४८१ रुपियाँ नगद हस्तान्तरण गरिएको छ । कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा ३ वटा स्थानीय अनुकुलन कार्ययोजना निर्माण गरिएको छ ।

परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी ३ वटा गाउँपालिकाका १० वडाका ३ हजार ५२६ घरधुरीका २१ हजार १५० जनसंंख्या रहेको पेस नेपाल जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : २१ बजे