राष्ट्रपति भवनमा घटस्थापना

मधेस प्रदेशमा तीन पार्टीको सरकार,मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिनुभयाे शपथ

जनकपुर । मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । 

नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिनुभएकाे छ । 

जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । 

मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गर्नुभएकाे छ । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनुभएकाे छ ।  

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गर्नुभएकाे हाे । तत्कालका लागि तीनै जना बिना बिभागियको रहनुभएकाे छ । मुख्यमन्त्री यादवका अनुसार उहाँहरुलाई पछि जिम्मेवारी तोकिने छ । 
 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : ५४ बजे