राष्ट्रपति भवनमा घटस्थापना

मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरिमा गए राति  स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते स्कुटरमा सवार तीनै जनाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।रासस 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५२ बजे