डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । 

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले आज बस्ने गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

अधिकारी संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५५ बजे