उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपालीहरूलाई सम्बोधन गर्नुहुने

लण्डन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरूका लागि आयोजना अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । 

गैर आवासीय नेपाली सङ्घका उपमहासचिव रामशरण सिमखडाका अनुसार उपप्रधानमन्त्री पौडेलले  ‘पढ्दै कमाउँदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो ।

आइतबार साँझ नेपाली समय ५:०० बजेपछि भर्चुअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई सङ्घका पूर्व अध्यक्षहरू डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तलगायत एक दर्जन सांसदसहित करिब डेढ दर्जन वक्ताहरूले सम्बोधन गर्नुहुने भएको छ।

 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ३९ बजे