राष्ट्रपति भवनमा घटस्थापना

आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् ।

नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश द्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ११ बजे