अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १२ : २७ बजे