डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटका क्रममा प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री जमरकट्टेलबीच बधाई आदानप्रदान समेत भएको जनाइएको छ । 

प्रधानमन्त्री दाहाल बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग भेट गर्नुभएको थियो।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : २३ बजे