डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने 

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ  । 

प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । 

प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः०० बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधवार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ ।

शपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि, ९ सदस्यीयमा झार्ने तयारी गरिएको भए पनि सत्तारुढ सबै दललाई भाग पुर्‍याउनका लागि मन्त्रिपरिषद् ११ सदस्यीय बनाउन लागिएको हो । 

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरूको समर्थन मुख्यमन्त्री गिरीले पाउनुभएको छ  । 

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ५७ बजे