‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 मनोज डंगोललाई सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड

काठमाडौँ ।  मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा काठमाडौमा अवार्ड समारोह आयोजना गरिएको थियो ।  

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन । उनले बिरिसु मिडिया प्रा.लीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड -२०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो ।

 त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड २०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रा.लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड-२०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : १४ बजे