राष्ट्रपति भवनमा घटस्थापना

तीनवटा ब्रोकर कम्पनीलाई कारबाही

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। धितोपत्र बोर्डले नियम पालना नगर्ने सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२), इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. २९)  ब्रोकर कम्पनीलाई कारबाही गरेको हो।

धितोपत्र बोर्डले सनी सेक्युरिटीजलाई तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै रू. १० हजार जरिवाना गरेको हो । त्यस्तै इम्पेरियल सेक्यूरिटिज र त्रिशुल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमै पेश नगरेको भन्दै रू. ७५ हजार जरिबाना गरेको छ ।

केयर रेटिङ नेपाललाई क्रेडिट रेटिङले आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेश गर्न सूचीत समेत गरिएको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : ४९ बजे