डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एमाले​​​​​​​का रावलले आज दाबी पेस गर्नुहुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका लागि  प्रदेश प्रमुख देवराज जोशीसमक्ष नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले आज दाबी पेस गर्नुहुँदै छ । 

केन्द्रमा सत्ता साझेदार दलहरूबिच भएको सहमति अनुसार उहाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लाग्नु भएको हो । 

प्रदेश प्रमुख जोशीले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज ५ः०० बजेसम्मको समय सीमा दिनुभएको छ । 

प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)बाट ११, नेकपा (एमाले) बाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

सत्ता साझेदार दलका शीर्ष नेताबिच सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा (माओवादी केन्द्र)ले आलोपालो गरेर सरकार  सञ्चालन गर्ने सहमति भएको छ । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ५२ बजे