डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले मङ्गलवार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । 

मुख्यमन्त्री अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ४६ बजे