डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सभामुखको निर्वाचन माघ ५ गते हुने

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन गर्न  माघ ५ गते निर्वाचन हुने भएको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गर्नुभ्एको हो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो।

सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ। 
प्रधानमन्त्री प्रचण्डले उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरी विश्वासको मत पाउनु भएको छ  ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ४० बजे