पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिकमा पुर्‍याउनेछु : प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु¥याउने प्रतिबद्धता जनाउनुभएकाे छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पु¥याउने बताउनुभएकाे छ । 

यसमा सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिनुभएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताउनुभयाे । 

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताउनुभएका उहाँको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताउनुभयाे। मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैहुनुहुन्छ ।
 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ३९ बजे