राष्ट्रपति भवनमा घटस्थापना

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिनुभयाे शपथ

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । 

अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गर्नुभएकाे छ । ‍माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिनुभएकाे छ । 

उहाँहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ५ : ३० बजे