डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ। प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताउनुभएको छ ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताउनुभयो । 

वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उहाँले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पार्नुभयो । उहाँले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : २१ बजे