डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रदेश १ को मुख्यमन्त्रीका लागि एमाले नेता कार्कीले आज दाबी पेस गर्नुहुँदै 

विराटनगर । प्रदेश नं. १ मा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले आज बहुमत प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गर्नुभएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो । संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आज ५ः०० बजे सम्मको समय सीमा दिनुभएको थियो ।  सोही समयभित्र एमाले प्रदेशसभा संसदीय दलका नेता कार्कीले आज बहुमत प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न लाग्नुभएको हो ।

९३ सदस्यीय प्रदेशसभामा वर्तमान सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । जसमा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना सांसद हुनुहुन्छ । 

सत्ता साझेदार दलहरूसँग बैठक बसेर दिउसो ४ः०० बजेतिर प्रदेश प्रमुखलाई बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी पेस गरिने जनाइएको छ 

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : २२ बजे