डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनका दलका नेताहरूको बैठक आज बस्ने भएको छ ।

आज बस्ने बैठकमा बैठकमा पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ । 

प्रदेश नम्बर १ मा आज सरकार गठनको अन्तिम डेडलाईन रहेको छ । सो समय अगावै सहमति जुटाउने प्रयासमा नेताहरू छन् ।

प्रदेश १ मा सबैभन्दा ठुलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् । 

शीर्ष नेताहरुबीच भागबन्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्योल छ । यद्यपि प्रदेश १ मा सबैभन्दा ठुलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ ।

यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ । 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ४३ बजे