डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमालेले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने 

काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित सांसदहरूलाई आजदेखि प्रशिक्षण दिने भएको छ । 

सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो १ः००  बजे एमालेका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।  

उहाँका अनुसार सांसदहरूलाई पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण एवम् सम्बोधन गर्नुहुने छ। 

पार्टी संसदीय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न पाँच वटा विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने उहाँले बताउनुभयो । उहाँले संसद्, सचिवालय र सांसदहरूको अन्तरसम्बन्ध, कानुन तर्जुमा प्रक्रियामा सांसदहरूको भूमिका, संसदीय समितिको प्रभावकारिता र सांसदहरूको भूमिका, भौतिक तथा मानवीय विकासमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने जस्ता विषयहरूमा  सांसदहरूलाई प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । एक जना स्वतन्त्र सांसद एमालेमा प्रवेश गरेपछि ७९ जना पुगेका छन्। 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : ५९ बजे