डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सरकारको न्यूनतम साझा कार्यक्रम आज शीर्ष नेतालाई बुझाइँदै, यस्तो छ मस्यौदा (पूर्णपाठ)

काठमाडौँ । सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । 

अर्थ मन्त्रालयमा शुक्रवार बसेको न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो । 

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । आज बस्ने शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि सार्वजनिक हुने उहाँको भनाइ छ । 

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्तनको प्रत्यक्ष आभाष दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । “जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ”, महामन्त्री ढकालले भन्नुभयो । 

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । 

कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत हुनुहुन्छ । 

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा (पूर्णपाठ):

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ४२ बजे