राष्ट्रपति भवनमा घटस्थापना

न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन मस्यौदा कार्यदलको बैठक जारी

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरू भएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा कार्यदलको बैठक अर्थमन्त्रालयमा चलिरहेको छ । 

बैठक न्यूनतम साझा कार्यक्रमलाई  पूर्णता दिन बसेको हो ।  पुस १४ गते बसेको सत्ता गठबन्धन दलको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन कार्यदल गठन गरेको थियो । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धवलशमशेर राणा र जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ हुनुहुन्छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : २९ बजे