राष्ट्रपति भवनमा घटस्थापना

ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।

प्रशासनले पुस १९ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइम कार्ड प्रणाली लागू गरेको हो ।

प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने  बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ । प्रशासनका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बताउनुभयो । ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उहाँले जनाकारी दिनुभयो । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ५१ बजे