राष्ट्रपति भवनमा घटस्थापना

यौनजन्य अपराधमा आरोपितको नाम गोप्य राख्न माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । यौनजन्य अपराध र मानव बेचबिखनमा आरोपितको नाम गोप्य राख्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । बुधबारको संवैधानिक इजलासले विपक्षी गृह मन्त्रालय लगायतको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

मानव बेचबिखन, जबर्जस्ती करणी, करणी उद्योग लगायतका गम्भीर प्रकृतिका मुद्दामा आरोपितको नाम सार्वजनिक गर्दा पछि अभियोग पुष्टी नभई अदालतबाट सफाई पाएमा पनि समाजमा स्थापित हुन समस्या पर्ने गरेको भन्दै अरोपितको नाम गोप्य राख्न सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।  अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई लगायतले गत असोज ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा आरोपितको नाम गोप्य राख्नेसम्बन्धी रिट दायर गरेका थिए ।

उक्त मुद्दाको सुनुवाई गर्दै बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ५१ बजे