राष्ट्र बैंकले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज अपह्रान्ह ३ बजे आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ ।

राष्ट्र बैंकले बुधबार चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा सहजीकरण गर्नेबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच भएको छलफल चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा केन्द्रित रहेको थियो ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कुल कारोबारको २५ प्रतिशतसम्म उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउने व्यवस्थाका कारण आफूहरु ऋण पाउनबाट वञ्चित भएको भन्दै व्यवसायीले लामो समयदेखि विरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : २३ बजे