जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन हुनुभएको छ ।
जनकपुरधाममा मङ्गलवार बसेको एमाले मधेस प्रदेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो ।
उहाँ महोत्तरी क्षेत्र ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशमा २३ प्रदेशसभा सदस्यसहित नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ ।
प्रकाशित मिति : २० पुस २०७९, बुधबार ९ : १४ बजे
प्रतिक्रिया