साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

रुपन्देही – आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गनपतले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : १३ बजे