साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारी कागजात कीर्ते गरेको आरोपमा एक जना पक्राउ

वाग्मती । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

हेटौँडा उपमहानगरपालिका–¬५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई बुधबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ । 

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ । अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति¬–७ का बलिराम साहलाई २०६४ सालमा अपहरण गरेको र अपहरणबाट भागेर आएपछि  निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अपहरण गरी रु २० लाख फिरौती माग गरिएको थियो । 

अपहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ७ : १४ बजे