साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पत्रकार महासंघ गोरखा अध्यक्षमा सापकोटा विजयी

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी हुनुभएको छ। प्रेस युनियनका उमेद्वार सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्नुभएको हो ।

गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनवर्षे कार्यकालका लागि चुनिनु भएको हो। उहाँका निकटतम प्रतिद्धन्दी दीपक श्रेष्ठ (जलन) ले १२ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ५ : ४९ बजे