‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टेलिकमले मोबाइलबाट कोरोना सन्देश हटायो

काठमाडौं  । नेपाल टेलिकमले आजदेखि जिएसएम मोबाइल नम्बरको रिङ ब्याक टोन हटाएको छ ।

टेलिकमले महामारीको रुपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि मोबाइलमै सचेतनामूलक रिङ व्याक टोन सेवा सुरु गरेको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वास्थ्य मन्त्रालयले मोबाइल नम्बरको रिङ ब्याक टोन हटाउन आग्रह गरेको जानकारी दिनुभयो ।

कोरोना संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन टेलिकमले गत वर्ष गत वर्ष चैत ६ गतेदेखि जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ ब्याक टोनमा विभिन्न सन्देशहरु प्रसारण गरेको थियो ।

स्वदेश तथा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्ने व्यवस्था मिलाएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २४ बजे