साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सरकार र थरुहटबीच तेस्रो चरणको वार्ता सकियो, माग सम्बोधनमा सरकार सकारात्मक 

काठमाडौं । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज साँझ भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यले बताउनुभयो । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलले थरुहटले उठाएको १९ बुँदे मागको बुँदागतरुपमा अध्ययन गरी सम्बोधनमा सरकार सकारात्म रहेको बैठकमा जानकारी गराउनुभएको थियो । वार्ता टोलीका सदस्य प्रेमीलाल चौधरीका अनुसार आजको बैठकमा बुँदागत रुपमा मागबारे छलफल भयो ।

छलफल सकारात्मक रुपले अघि बढेकाले अव बस्ने बैठकमा विट मार्नेगरी अगाडि बढ्ने सहमति बनेको उहाँले जानकारी दिनुभयो । थरुहट पक्षले उठाएको मागमध्ये सांसद रेशमलाल चौधरीको रिहाई तथा झुठा मुद्दा खारेजको विषयलाई कानुनी आधारमा समाधान खोज्ने र बाँकी मागहरु वार्ताबाटै सहमतिमा पुग्ने करिब सहमति बनिसकेको तर अन्तिम रुप दिन मात्र बाँकी रहेको प्रेमीलाल चौधरीले बताउनुभयो ।

यसअघि पहिलो चरणको वार्ता १७ गते मंगलबार, दोस्रो चरणको वार्ता २२ गते आइतबार भएको थियो । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री बादल, प्रधानमन्त्रीका परराष्ट्र विज्ञ डा। राजन भट्टराई, पूर्व राज्यमन्त्री भगवती चौधरी हुनुहुन्छ । त्यस्तै, थरुहट पक्षको तर्फबाट संयोजक पूर्व सांसद रुक्मिणी चौधरी, सदस्य पद्मनारायण चौधरी, प्रेमीलाल चौधरी, चन्द्रपसाद चौधरी र प्रभातकुमार चौधरी रहनुभएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ५८ बजे