साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थपिए २६० काेराेना सङ्क्रमित , ११३ जना डिस्चार्ज

काठमाडौं – नेपालमा आज थप २६० जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार  पछिल्लो चौबीस घण्टामा २६० जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने  कुल सङ्क्रमितहरुको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ११३ जना सङ्क्रमित निको भएर डिस्चार्ज  भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेहरुको  संख्या दुई लाख ७३ हजार ४५५ जना पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन भने हालसम्म नेपालमा ३ हजार ३६ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्  ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ०० बजे