साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चार सांसदले दल त्याग गरेको माओवादीले स्विकार्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गर्नुभएका ४ जना सांसदले दल त्याग गरेको स्विकार गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको हो । 
एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।
यस अघि माओावादी केन्द्रले मन्त्रीहरुलाई पुरानै पार्टीमा फर्कन पत्राचार गरिरहेको थियो भने  एमाले प्रवेश गर्नुभएका नेताहरुले आफू कुनैपनि हालतमा माओावादीमा नर्फकने बताइरहनुभएको थियो । 
 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ०६ बजे