साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

काठमाडौं । व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त हुनुभएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गर्नुभएको हो । 

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उहाँलाई निगमको सञ्चालकमा नियुक्त गरिएको नागरिक उड्डयन मन्त्रालय सचिवालय निकठ स्रोतले जानकारी दिएको छ । 

 उहाँको कार्यकाल ४ वर्षको हुनेछ । प्रधान नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ४३ बजे