राष्ट्र बैंकसँग रहेको ५ करोड भारु खोस्टामा परिणत

काठमाडौँ । भारतको सर्वोच्च अदालतले नोटबन्दीको निर्णय सही भएको फैसला गरेपछि नेपाल राष्ट्र बैंकसँग रहेको भारु ५ करोड (नेपाली ८ करोड) रुपैयाँ खोस्टामा परिणत भएको छ ।

सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी विरुद्धको मुद्दा किनारा लागेसँगै नेपाल राष्ट्र बैंकसँग रहेको भारु ५ करोड रुपैयाँ खोस्टामा परिणत भएको हो । राष्ट्र बैंकसँग भारु ५०० र १००० दरका ५ करोड रुपैयाँ बराबरको नोट नसाटिए पछि  उक्त नोट अब काम नलाग्ने भएको छ । अदालतले नै भारतीय सरकारको निर्णय सही भनेर फैसला गरिसकेको अवस्थामा नेपालमा भएको भारु काम नलाग्ने भएको छ ।

नोट साट्नकै लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकको संयुक्त टेक्निकल कोअर्डिनेसन कमिटीसमेत बनेको थियो । नेपालले भारु साट्न प्रधानमन्त्री स्तरबाटै पहल गरेको थियो तर धैरैपटक पत्राचार गर्दा समेत भारतले सुनुवाइ गरेन ।

प्रणाली भित्र ८ करोड देखिएपनि प्रणाली बाहिर अझै कैयौ भारतीय नोटहरु हुनसक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ५४ बजे