अनेरास्ववियूका तीन नेता निष्कासित

काठमाडौं – नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले समानान्तर गतिविधि गरेको भन्दै तीन नेतालाई  संगठनबाट निष्कासित गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरका अनुसार दुई पटकसम्म स्पष्टीकरण माग्दा समेत अटेर गरेपछि निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

निष्काशित भएका तीन जना नेताहरुले केही दिनअघि अनेरास्ववियूको छुट्टै समानान्तर भेला आयोजना गरि पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिवमा चयन गरेका थिए ।

अध्यक्ष महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोध्दा समेत कुनै वास्ता नगरेपछि संगठनको साधारण सदस्यमा समेत नरहने गरी निष्कासन गरेका  ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : २३ बजे