सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । 

गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढङ्गले काम गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिनुभएको हो । 

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्न उहाँले सिडियोहरुलाई निर्देशन दिनुभएको हो । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : ४३ बजे