प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा हालै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

​​​​​​​

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी हुनुहुन्छ भने सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी हुनुहुन्छ  ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : १६ बजे