७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितको जानकारी लिन बैठक  बताउनुभएको छ । 

गृहमन्त्री लामिछानेले आज बिहान ९ः०० बजे भर्चुअल बैठक बोलाउनुभएको हो ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : २९ बजे