बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि नेपाल आयल निगमलाई मूल्य बढाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डरमा ७८ रुपैयाँ २२ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले बताए ।

निगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको छ ।

भारतको पश्चिम बंगालमा पेट्रोलको मूल्य प्रतिलिटर नेपालभन्दा ११ रुपैयाँ सस्तो छ भने डिजल प्रतिलिटर २९ रुपैयाँ सस्तो रहेको छ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : १८ बजे