मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै

मोरङ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ ।

मङ्सिर ४ गते सम्पन्न भएको संसदीय निर्वाचनबाट चयन हुनुभएका सांसदहरूले शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ः०० बजे बस्न लागेको हो । 

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नुहुने छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।  

त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन समेत)लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । 

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ५७ बजे