मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । 

तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौँ उपत्यकाको आकाश पनि धुम्म छ । 

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ । 

सोमबार प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ५१ बजे