मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

किसानलाई सबैभन्दा पहिला सरल ढङ्गले मल चाहियो सरकार : गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाले सरकारलाई किसानलाई तत्काल मल उपलब्ध गराउन माग गर्नुभएको  छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भइसकेको उल्लेख गर्नुहुँदै मोबाइल सेटभन्दा सरल ढङ्गले किसानलाई मल उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

उहाँले अहिलेका मुख्य आवश्यकता भनेको किसानलाई सबैभन्दा पहिला सरल ढङ्गले मल पाउने प्रबन्ध गर्नु सरकारको दायित्व भएको कुरामा जोड दिनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका नेता बास्कोटाले नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झेको जस्तो भएको भन्नुहुँदै एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो, कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन, त्यो सरकारको कुरा भएको बताउनुभयो ।

“किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भइसक्यो।तर  नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झे जस्तो छ।एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन।त्यो सरकारको कुरा हो।मल चाहियो मल किसानलाई,त्यो सरल ढङ्गले पाउने प्रबन्ध गर पहिला ।” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

 

 

 

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ३० बजे