विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँँ । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिनुभएको छ । 

सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको थियो । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी  (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको थियो । 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : ५६ बजे