मनसुन क्रमशः क्षीण हुँदै

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल

​​​​​​​काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ ।  

सत्ता साझेदार दलहरूको बिहीबार बसेको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदाका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम मस्यौदा तयार पार्ने छ । 

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ५७ बजे