काठमाडौँ । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ ।
डा.राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा.कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो ।
अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ ।
नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो । यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रूपमा स्थापना गरिएको हो । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार ९ : ०१ बजे
प्रतिक्रिया