मनसुन क्रमशः क्षीण हुँदै

सङ्कटका बेला सतिसालझैँ उभिएकाको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली

​​​​​​​काठमाडौँ ।  नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेले एकीकृत समाजवादी पूरा नै घरमा फर्काउन पहल गरिरहेको हल्ला बारे खण्डन गर्नुभएको छ । 

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेको बताउनुहुँदै त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना हल्ला मात्र भएको बताउनुभएको हो ।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई फेरि पूरा नै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको हल्लाबारे उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्नुहुँदै सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय नहुने पनि बताउनुभयो । उहाँले इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन भन्नुभयो । 

“अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । सङ्कटका बेला सतिसाल झैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन ।इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।” उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३४ बजे