मनसुन क्रमशः क्षीण हुँदै

सुदूरपश्चिम प्रदेशसभाका  सदस्यहरूको शपथ आज

धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज  हुने भएको छ । 

प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ः०० बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नुहुने छ । त्यसपछि रावलले दिउँसो साढे १ः०० बजे अन्य ५२ जना सांसदलाई शपथ गराउनुहुनेछ । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ । 

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली काँग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाउनुभएको छ । अन्य सांसदले भने नेपाली भाषामै शपथ लिनुहुन प्रदेशसभा सचिवालयले जनाएको छ । 

 

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ०२ बजे