विश्व फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौँ । विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेले विश्वकप फुटबलको उपाधि तीन पटक जितेका छन् । पेलेले सन्  १९५८, १९६२ र १९७० को विश्वकप उपाधि ब्राजिललाई जिताएका थिए   ।

पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन् ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

 

 

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : ५५ बजे